Saturday, April 15, 2006

अगिल्लो पोस्ट अलि बढी नै निराशावादी हो कि जस्तो मलाई प-यो। खासमा भन्ने हो भने म प्राय:जसो मानिसहरु भन्दा बढी नै आशावदी छु, विशेषगरी नेपालको सन्दर्भमा। तर पनि कहिलेकाहिँ त्यो पुरानो सपनाजस्तो सोह्र वर्ष र त्यसवेलामा भएका घोटालाहरु, चालिएका दाउपेचहरु, गरिएका राजनितिक किनबेचहरु र अरु विभिन्र नहुनु पर्ने कुराहरु, अरुसबै तर्कहरुलाई तल छोडेर शीर्षस्थानमा बस्नपुग्दोरहेछ। अनि, भविष्य पनि त्यस्तै पो हुने हो कि भन्ने डर लाग्दोरहेछ।

गणतन्त्रिक नेपालमा होस् या अरु कुनै देशमा होस्, सरकार चलाउने काम राजनितिक व्यक्तित्वहरुको नै हो। हामी जस्ता प्राविधिक मानिसहरुको काम त आ-आफ्नो काम राम्रोसँग गर्ने, यदि आफ्नो काम गर्न अफ्ठेरो प-यो, अथवा कुनै खास किसिमको नियम कानुन चाहियो काम गर्नकालागि भने, सरकार वा त्यसका पूर्वनिर्धारित कमिटी अथवा मन्त्रालयहरुलाइ निवेदन गर्ने हो। अनि, अहिलेजस्तै यदि कुनै राष्ट्रनायक भइटोपलेकाहरुले आफ्नो पूर्वनिर्धारित कानुनी दायरा भन्दा बाहिर गएर केहि नराम्रो गर्न खोजे बने, त्यसलाई सचेत गराउने पनि हो। सचेत गराउने पनि विभीन्न तरिकाहरु हुन्छन्। तर, दैनिक राजनैतीक कृयाकलापहरुबाट हामी धेरै टाढा हुन्छौँ र हुनु पनि पर्छ।

त्यसैले देशकालागि राजनैतिक व्यक्तिहरुको सँधै आवश्यकता भई नै रहने छ। तिनीहरु जति नै भ्रष्टाचारी भएपनि हामी उनीहरु विना देश चलाउन सक्दैनौँ। तर हामी एउटा यस्तो व्यवस्था निर्माण गर्न सक्छौँ जहाँ बढी बन्दा बढी मानिसहरु इमान्दार र कर्तव्यपरायण हुन्। प्रजातन्त्रमा त्यो कुरा सम्भव छ।

0 Comments:

Post a Comment

<< Home